You are viewing the translated version of राष्ट्रिय तथ्याङ्क प्रणाली समन्वय समिति.
Section 4
राष्ट्रिय तथ्याङ्क प्रणाली समन्वय समिति
(१) राष्ट्रिय तथ्याड् प्रणालीको सञ्चालन तथा व्यवस्थापनमा: संमन्वय गर्न देहाय बमोजिम एक राष्ट्रिय तथ्याङ्क प्रणाली समन्वय समिति रहनेछ:-
(क) प्रमुख तथ्याङ्क अधिकारी -संयोजक
(ख) प्रदेश सरकारको योजना वा तथ्याङ्कसम्बन्धी विषय हेर्ने प्रदेश मन्त्रालय वा निकायको संचिव -सदस्य
(ग) गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घको पदाधिकारी मध्येबाट एक एक जना प्रतिनिधि गरी दुई जना -सदस्य
(घ) नियम ६ को उपनियम (२) बमोजिमका तथ्याङ्क उत्पादनकर्तामध्ये संयोजकले तोकेको दुईवटा निकाय वा संस्थाका प्रतिनिधि दुई जना -सदस्य
(ङ) कार्यालयको सम्बन्धित महाशाखा प्रमुख -सदस्य-सचिव
(२) उपनियम (१) बमोजिमको समितिले :सङ्घ, प्रदेश, स्थानीय तह र नियम ६ को उपनियम (२) बमोजिमका तथ्याङ्कका उत्पादनकर्तासँग समन्वय गरी देहाय बमोजिमका कार्य गर्नेछ:-
(क) तथ्याङ्क उत्पादनकर्तालाई राष्ट्रिय मानक र गुणस्तर पालना गर्न लगाउने,
(ख) राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध भएको तथ्याङ्कलाई नियमित रूपमा अद्यावधिक गर्न लगाउने,
(ग) सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह फाराम तथा अभिलेखबाट प्राप्त तथ्याङ्कलाई व्यवस्थित गर्ने,
(घ) निर्धारित तथ्याङ्क प्रणालीको स्थापना तथा सञ्चालनका लागि परिषद्समक्ष सिफारिस गर्ने।
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “निर्धारित तथ्याङ्क प्रणाली” भन्नाले नीति, योजना तथा निर्णय प्रक्रियाका लागि आवश्यक तथ्याङ्कको पहिचान गर्ने र तिनको उत्पादन सुनिश्चित हुने गरी उपयुक्त उत्पादनकर्ता निर्धारण गर्ने प्रणाली सम्झनु पर्छ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(४) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।